


दमौली, १४ साउन । तनहुँको व्यास नगरपालिका-१३ बेलबासका कमलेश चन्द ठकुरी बेपत्ता प्रकरणमा थप एक जना पक्राउ परेका छन् । योसँगै पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ ।
गत साउन ७ गते ऋषिङ गाउँपालिका-१ झापुटारबाट बेपत्ता भएका ठकुरी हालसम्म फेला पर्न सकेका छैनन् । यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
पीडित परिवारले कमलेशको अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन् ।