


दमौली, १९ साउन । पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार दिउँसो बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ बस्ने ६६ वर्षीया निरमाया थापा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
दमौलीबाट थर्पुतर्फ जाँदै गरेको बा १३ च ६७७८ नं को जिपले ठक्करले घाइते भएपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।