


काठमाडौं, २० साउन । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको हो । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको हो ।