भानु–१ निवासी मिर्गौला पीडित भवानी गन्धर्वको उपचारमा सहजीकरण गर्न मन्त्री न्यौपानेको अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भानु–१ निवासी मिर्गौला पीडित भवानी गन्धर्वको उपचारमा सहजीकरण गर्न मन्त्री न्यौपानेको अनुरोध

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८२, मंगलवार

    काठमाडाै, २० साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले तनहुँको भानु नपा–१ गन्धर्व टोल निबासी मिर्गौला पीडित भवानी गन्धर्वको उपचारमा सहजिकरण गर्न चिकित्सकहरुलाई अनुराेध गरेकी छन् ।

    सोमबार बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगन्ज गई मन्त्री न्यौपानेले उक्त अस्पतालमा उपचाररत भवानी गन्धर्वको अवस्थाको बारेमा उनको परिवारका सदस्यसँग भेट गरी जानकारी लिएकी थिइन् । उक्त क्रममा मन्त्री न्यौपानेले भवानीको उपचारमा सहजिकरण गर्न अस्पतालका सम्बन्धित विशेषज्ञ चिकित्सकहरुलाई अनुरोध गरेकी थिइन ।