चुक अमिलो भन्दै विक्रीका लागि ल्याइएको झोल पदार्थ बरामद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुक अमिलो भन्दै विक्रीका लागि ल्याइएको झोल पदार्थ बरामद

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८२, मंगलवार

    दमाैली, २० साउन । तनहुँको व्यास नगरपालिकाले चुक अमिलो भन्दै विक्रीका लागि ल्याइएको झोल पदार्थ बरामद गरेको छ । व्यास नगरपालिका–२ कालिकामार्गमा आज बिहान चुक अमिलो भन्दै विक्री गर्न लागेको झोल पदार्थ बरामद गरी नष्ट गरिएको हो ।

    एक महिलाले चितवनबाट चुक अमिलो ल्याएको भन्दै विक्री गर्न लागेकी थिइन् । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रको सूचना अनुसार उक्त पदार्थ जाँच गर्दा अखाद्य देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योति आचार्यले जानकारी दिए ।

    अनुगमन टोलीले २० लिटरका १३ वटा जर्किनका अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । नगरपालिकाले यसको नेक्सस कहाँसम्म छ भन्ने खोजी कार्य गरिने बताएको छ ।

    सस्तोमा विक्री गर्न ल्याइएका यस्ता अखाद्य पदार्थ खरिद नगर्न नगरवासीलाई उपप्रमुख इन्दिरा दरैले आग्रह गरेकी छन् ।