


दमौली, २१ साउन । भानु नगरपालिका-४ राना गाउँबाट मंगलबार सम्पर्कविहिन भएका दुई बालिका भेटिएका छन् ।
१२ वर्षीया मन्सु घर्ती र उनको सानी बहिनी ३ वर्षीया कञ्चन घर्ती मंगलबार राति भेटिएका हुन् ।
काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यहि रिसमा विद्यालय नगई दिनभर गाँउतिर लुकेको र राति अबेरसम्म खोज्दै गर्दा राति १२ बजे गाँउतिरै लुकेर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।