


दमौली, २१ साउन । सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन समिक्षा एवं चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी अघिल्लो वर्ष सम्पादित कामको समिक्षा एवं चालु आर्थिक वर्षको कार्यक्रमबारे जानकारी गराएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख विदुरहरी आचार्यले अघिल्लो आर्थिक वर्षमा चालुतर्फ ९२.५० र पुँजीगततर्फ ८७.०३ प्रतिशत भौतिक प्रगति भएको उल्लेख गरे । पुँजीगततर्फ त्यस वर्ष रु तीन करोड ८१ लाख ५० हजार विनियोजन भएकामा रु तीन करोड १३ लाख २५ हजार चार सय ८४ खर्च भएको आचार्यले बताए ।
त्यसक्रममा विद्यालय भवन, खेलमैदान, मठमन्दिर, गुम्बा निर्माण गरिएको आचार्यले बताए ।
त्यस्तै चालु आर्थिक वर्षमा कार्यालयका लागि रु नौ करोड ४२ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।