सामान्य प्रशासनमन्त्रीद्वारा क्षेत्रीकाे उपचारमा सहजीकरण गरिदिन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सामान्य प्रशासनमन्त्रीद्वारा क्षेत्रीकाे उपचारमा सहजीकरण गरिदिन आग्रह

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८२, बुधबार

    काठमाडाै, २१ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्याैपानेले ह्याम्स अस्पतलमा उपचाररत चन्द्रबहादुर क्षेत्रीकाे उपचारमा सहजीकरण गरिदिन अस्पताल प्रशासनलाई आग्रह गरेकी छन् ।

    भानु नगरपालिका–४ निवासी नेकपा एमाले भानु नगर कमिटी सदस्य क्षेत्री मुटुकाे चाल कमजाेर भइ पेसमेकर राख्नका लागि उपचाररत छन् । विगत एक वर्षदेखि मुटु सम्बन्धी समस्याबाट पीडित भएका उनले करिब छ महिनाअघि चितवन मुटु अस्पतालमा शल्यक्रिया गराएका थिए ।

    बुधबार अस्पतालमा भेट गरी मन्त्री न्याैपानेले शीघ्र स्वास्थ्य लाभको कामना प्रकट गरेकाे तथा उपचारमा थप सहजीकरण र समन्वयका लागि अस्पताल प्रशासनसँग आवश्यक छलफल र संवाद गरेकी थिइन् ।