लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटना

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८२, बुधबार

    काठमाडौ, २१ साउन । लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ । कार्यक्रमका लागि स्याङ्जा पुग्नुभएको शर्मा सवार कार स्याङ्जाको भीरकोट नगरपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो । प्रहरीका अनुसार शर्मासहित कारमा चार जना रहेका थिए । शर्माको हातमा चोट लागेको छ । अन्य यात्रु पनि सामान्य घाइते छन् ।