पोखराका व्यवसायी अशोक खड्का रास्वपाको अभियान तथा प्रचारप्रसार विभाग सदस्यमा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखराका व्यवसायी अशोक खड्का रास्वपाको अभियान तथा प्रचारप्रसार विभाग सदस्यमा नियुक्त

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८२, बुधबार

    पोखरा, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रिय अभियान तथा प्रचारप्रसार विभाग सदस्यमा पोखराका व्यवसायी अशोक खड्का नियुक्त भएका छन्। पियुरो पानीका सञ्चालक एवंम समाजसेवी खड्कालाई प्रचारप्रसार विभागको सदस्यमा नियुक्त गरिएको रास्वपा गण्डकी प्रदेश महामन्त्रि नविन त्रिपाठि ले जानकारी गराए।

    २०८० साल वैशाखमा रास्वपा प्रवेश गरेका खड्का यस अघि कास्की क्षेत्र नं २ को क्षेत्रिय सदस्य थिए। पार्टीको अभियानलाई अझै प्रभावकारी बनाउने र घरघरमा अभियान चलाउने उद्धेश्य विभागको छ।

    सोही अनुसार पोखराका व्यवसायी समेत रहेका खड्कालाई नियुक्त गरेर अझै प्रभावकारी रुपमा अभियान चलाउने तयारी रास्वपा पोखराले लिएको जनाएको छ। उनलाई अभियान तथा प्रचार प्रसार विभाग सदस्यको रुपमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले नियुक्ती पत्र प्रदान गरेका हुन्।