


दमौली, २१ साउन । तनहुँको देवघाट गाउँपालिका-५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ ।
वन मन्त्रालयले मधुवनलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट दोस्रो स्थानमा छनोट गरेको हो।
मन्त्रालयले तयार गरेको विभिन्न मापदण्डका आधारमा मधुवनले उक्त पुरस्कार पाउन लागेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।
सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ ।