टिम नेपो तनहुँद्वारा मानुङकोटमा झण्डोत्तोलन तथा वृक्षरोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टिम नेपो तनहुँद्वारा मानुङकोटमा झण्डोत्तोलन तथा वृक्षरोपण

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८२, बिहीबार

    दमौली, २२ साउन । सामाजिक सेवा र वातावरण संरक्षणको उद्धेश्यले टिम नेपो तनहुँले व्यास नगरपालिका-५ मानुङकोटमा बुधबार झण्डोत्तोलन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रमका प्रमुख अतिथिको रूपमा व्यास नगरपालिका- ५ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिको रूपमा व्यास नगरपालिका-६ का वडा अध्यक्ष जीवन गुरुङ थिए ।

    टिम नेपोले मानुङकोट आउने पर्यटकलाई लक्षित गरी नेपालको झण्डा राखेको राखेको र विभिन्न समयमा झण्डा परिवर्तन गर्दै आइरहेको छ ।

    कार्यक्रममा टिम नेपोका पदाधिकारी, सदस्यहरू, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

    टिम नेपो तनहुँले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक तथा सामाजिक रुपान्तरणमा आधारित कार्यहरू निरन्तर रुपमा गर्दै जाने टिम नेपो तनहुँका अध्यक्ष राजु श्रेष्ठले बताए ।