


दमौली,२२ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारी डिएसपीमा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले अधिकारीलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गर्न सिफारिस गरेको हो।
डिएसपीको स्वभाविक दावेदार मानिएका अधिकारी केही दिन अगाडीको बढुवामा छुटेका थिए ।
प्रहरीमा निष्पक्ष छबि बनाएका अधिकारी अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृत हुन् ।