


दमाैली, २२ साउन । पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे व्यास नगरपालिका-१२ गाेल्लामा बिहीबार मध्यान्ह भारतीय नम्बर प्लेटकाे ट्याङ्कर दुर्घटना भएकाे छ । डुम्रेबाट दमाैलीतर्फ आउँदै गरेकाे ट्याङ्ङ्कर गाेल्लाकाे घुम्तीमा दुर्घटना भएकाे हाे ।
यस ठाउँका बारेमा थाहा नहुने ट्याङ्करहरु बढी दुर्घटनामा पर्ने गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कृष्ण चन्दले बताए । उनले भने, ‘यस ठाउँका बारेमा थाहा नहुने दुर्घटना पर्ने गरेका छन् । याे ठाउँ पृथ्वीराजमार्गकाे बढी दुर्घटना हुने स्थान हाे ।’
यस ठाउँलाई प्रमुख दुर्घटनास्थलकाे रुपमा पहिचान गरिएकाले दुर्घटना न्युनीकरणका लागि मुग्लिन पाेखरा सडक याेजना (पूर्वी) खण्डसँग समन्वय गरेर काम गरिने उनले बताए ।
यहाँ पछिल्लाे केही समय यता दुर्घटना हुने क्रम बढेकाे छ । चार दिन अगाडीमात्रै पनि यहाँ ट्याङ्कर दुर्घटना भएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय तनहुँले मुग्लिन पाेखरा सडककाे तनहुँ खण्डमा बढी दुर्घटना हुने पाँच ठाउँ पहिचान गर्न लागेकाे छ ।