कैदीहरूको दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएपछि कैलाली कारागारमा तनाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कैदीहरूको दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएपछि कैलाली कारागारमा तनाव

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८२, शनिबार

    कैलाली, २४ साउन । कैदीहरूको दुई समूहबीच झडप भएपछि कैलाली कारागार कार्यालय तनावग्रस्त छ। शुक्रबार मध्यराति कारागार कार्यालयको ब्लक ‘ए’ र ब्लक ‘बी’ मा रहेका कैदीबन्दीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो।

    झडपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरी छन्।

    घटनामा ४७ जना कैदीबन्दी घाइते भएका छन्। तीमध्ये धनगढीका रवि चौधरी र गोदावरीका आयुष भट्टलाई आसियूमा राखेर उपचार भइ रहेको डिएसपी सिंहले बताए। मध्येरातिको घटना भएकाले कारण खुलिसकेको छैन। दिउँसोसम्म पनि स्थिति सामान्य बनिसकेको छैन।

    कैलालीका निमित्त कारागार प्रमुख रामकुमार चौधरीका अुनसार कैदीबन्दीले नै भित्रबाट कारागारमा ताला बन्दी गरी बसेका छन्। उनीहरुले प्रहरी प्रशासनलाई भित्र प्रवेशमा रोक लगाएका छन्। ‘उनीहरु आफै भित्रबाट लक गरी बसेका छन्,’ उनले भने, ‘बाहिरबाट सम्झाइ-बुझाइ गर्ने प्रयास जारी छ।’