


दमौली, २४ साउन । नेपाल आदिवासी जनजाति महासंध ऋषिङ समन्वय परिषद् गठन गरिएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर शनिबार आयोजित भेलाले यामबहादुर थापा मगरको अध्यक्षतामा परिषद् गठन गरेको हो ।
जसको उपाध्यक्षमा बेलबहादुर थापा मगर, सचिवमा कविराज श्रेष्ठ र सदस्यहरुमा सुकमाया सारु मगर, छविराम दरै, अरुण गुरुङ, ऋषिमाया कुमाल, लिलबबादुर थापा, पहलसिंह सारु, दानबहादुर आले मगर, संगिता सारु मगर चयन भएका छन् ।
एक सहसचिव, एक कोषाध्यक्ष र सदस्य पछि मनोनित गरिने जनाइएको छ ।