लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा निशुल्क खानेपानी वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा निशुल्क खानेपानी वितरण

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८२, शनिबार

    दमौली, २४ साउन । लायन्स क्लब अफ तनहुँ सत्यवतीले निःशुल्क पानी वितरण गरेको छ। क्लबले ‘लायन्स डे’ का दिन शनिबार विश्व आदिवासी जनजाति दिवसको अवसर पारी अनसन चौतारीमा निःशुल्क खानेपानी वितरण गरेको हो।

    सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले ‘लाइन्स डे’ को दिन पारी कार्यक्रममा उपस्थितहरूका लागि निःशुल्क खानेपानीको प्रबन्ध मिलाएको क्लबकी अध्यक्ष सीता बैद्यले जानकारी दिइन्। गर्मीको समयमा कार्यक्रममा उपस्थित हुनेहरूलाई खानेपानी आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै क्लबका सम्पूर्ण सदस्यहरूको सक्रियतामा खानेपानी वितरण गरिएको वैद्यको भनाइ थियो ।

    वैद्यका अनुसार कार्यक्रममा उपस्थित हुनेहरूका लागि ३५ जार पानी वितरण गरिएको छ भने चार कार्टुन मिनरल वाटरसमेत प्रदान गरिएको छ ।