देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा लौडारी नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा लौडारी नियुक्त

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८२, आईतवार

    दमौली, २५ साउन । देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा डा.इश्वरी राज लौडारी नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट लौडारीलाई अध्यक्ष नियुक्त गरेका हुन् ।

    यस अघि प्राध्यापन पेशामामा आबद्ध लौडारी भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गरिसकेका छन् । उनी नेपाली काँग्रेस चितवनका नेता हुन् ।

    मन्त्री पाण्डेले मन्त्रीस्तरीय निर्णयबाट क्षेत्र विकास समितिको सदस्यहरुमा तनहुँबाट रामहरि पुडासैनी र इन्द्रमाया थापा मगर, चितवनबाट चन्द्रमित्र पण्डित र लक्ष्मण सुवेदी तथा नवलपुरबाट सालिकराम सापकोटा र यू कुमारी शर्मालाई नियुक्त गरेका छन् ।

    समितिको अध्यक्ष छनौट गर्न नसक्दा लामो समयसम्म समिति गठन हुन सकेको थिएन ।