भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोटर्‍याक्टद्वारा निःशुल्क खानेपानी वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोटर्‍याक्टद्वारा निःशुल्क खानेपानी वितरण

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८२, आईतवार

    काठमाडौ, २५ साउन । गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोटर्‍याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेका छन् ।

    रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गर्दै आएको छ ।

    रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, ” यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउने छौँ ।”

    क्लबले आफ्ना नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।