गाेरखकालीका शिक्षकमाथि भएकाे कुटपिटकाे विराेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाेरखकालीका शिक्षकमाथि भएकाे कुटपिटकाे विराेध

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८२, आईतवार

    दमाैली, २५ साउन । प्याब्सन तनहुँ र एनप्याब्सन तनहुँले गाेरखकाली आवासीय माध्यमिक विद्यालयका शिक्षक अरविन नेपालीमाथि भएकाे कुटपिटकाे विराेध गरेकाे छ । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी दुवै संस्थाले व्यास नगरपालिका-३ शान्तिनगरस्थित विद्यालय परिसरमै शिक्षकमाथि भएकाे कुटपिटकाे विराेध जनाएका हुन् ।

    गत साउन २२ गते शिक्षक नेपालीले तीन जना विद्यार्थीलाई कुटपिट गरेपछि आक्राेशित विद्यार्थीका परिवारले उनीमाथि हातपात गरेका थिए ।

    उक्त घटनामा अभिभावकहरू र गैर अभिभावकद्वारा शिक्षकलाई साङघातिक हमला गरिएको घटनाले शिक्षा क्षेत्र र समाज दुवैलाई गम्भीर प्रश्नहरू उठाएकाे विज्ञप्तीमा जनाइएकाे छ ।

    ‘विद्यार्थीलाई शिक्षकले बालमैत्री वातावरणमा शिक्षण गर्नुपर्नेमा शारीरिक दण्ड दिनु बालमैत्री नभएको महसुस गरिएकाे तर केही अभिभावकद्वारा विद्यालय परिसरमै सो शिक्षकमाथि साङ्‌घातीक आक्रमण गरिएको घटनाप्रति सम्पूर्ण निजी विद्यालयहरू गहिरो चिन्ता प्रकट गर्दछाै’ विज्ञप्तीमा भनिएकाे छ ।

    दण्डको विकल्पमा फेरी दण्ड नभई सिकाइलाई सहज बनाउन आवश्यक शिक्षण सीप, विद्यालय-घर-समुदायबीचको सहकार्य, र बालबालिकाप्रति सकारात्मक व्यवहारका बारेमा पर्याप्त छलफल र तयारी हुनु अनिवार्य रहेकाे जनाइएकाे छ ।