


दमाैली, २५ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-१२ कमलाबारीमा आइतबार राति ९ बजे ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
दमाैलीतर्फ आउँदै गरेकाे ना ६ ख ५८५४ नम्बरकाे ट्रक दुर्घटना हुँदा ट्रक चालक र सहचालक घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएकाे छ । रङ बाेकेर आउँदै गरेकाे ट्रक दुर्घटना हुँदा रङ सडकभरी छरिएकाे छ ।