


दमौली, २६ साउन । तनहुँको व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीले बगाउँदा बेपत्ता ४० वर्षीय हरि परियार फेला पर्न सकेका छैनन् । व्यास नगरपालिका–१ अम्रेनी बस्ने परियारलाई शनिबार दिउँसो नदीले बगाएको थियो ।
बेपत्ता परियारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । बगाएर लैजान सक्ने सम्भावित ठाउँमा खोजी कार्य भइरहेपनि केही पत्ता नलागेको उनले बताए ।
बेपत्ता हुने परियार नेपाल दुरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । पिकनिक गएका उनीहरुमध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई बगाएको थियो ।