तनहुँका उत्कृष्ट सामुदायिक वन पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका उत्कृष्ट सामुदायिक वन पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८२, सोमबार

    दमौली, २६ साउन । डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । वन संरक्षण, सम्बद्र्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरी पुरस्कृत गरिएको हो ।

    आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट चार सामुदायिक वन समूहलाई आइतबार यहाँ आयोजित कार्यक्रममा नगद सहित पुरस्कृत गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

    उनका अनुसार देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ । त्यस्तै भानु नगरपालिका–७ स्थित थानीमाइ सामुदायिक वन उपभोक्ता समूह द्वितीय, बन्दीपुर गाउँपालिका–१ स्थित छपेली सामुदायिक वन उपभोक्ता समूह तृतीय र म्याग्दे गाउँपालिका–५ स्थित साँगुपखेरा सामुदायिक वन उपभोक्ता समूह सान्त्वना भएका छन् ।

    पुरस्कृत समूहलाई क्रमशः रु दश हजार, रु आठ हजार, रु पाँच हजार र रु तीन हजार नगद प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले उत्कृष्ट हुने समूहका पदाधिकारीलाई प्रशंसापत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।