


दमौली, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिमादस्थित सेती नदीमाथिको ऐतिहासिक पुलको बारेमा चासो व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले उक्त पुलको बारेमा चासो राख्दै पुल निर्माणमा प्रयोग भएको फलाम र फलाम खानीको अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘सयौ वर्ष पहिले त्यहीको फलाम प्रयोग गरेर बनाएको साङ्लावाला पुल स्थानीय कालीगढ प्रयोग गरी बनाइएको पुल अझै पनि झुण्डिराखेको होला । महिमडाॉडाको अध्ययन अनुसन्धान गर्न लगाइहाल्नुस् । त्यहॉ उत्पादित फलाम धौवादीमा मिसाएर गुणस्तरीय फलाम उत्पादन गर्न सकिन्छ ।’