


दमौली, १ भदौ । साउन महिनाभर बन्द रहेको व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही मन्दिर आइतबारदेखि भक्तजनका लागि खुल्ला गरिएको छ । एक महिना बन्द रहेको मन्दिरमा भदौ १ बाट नियमित पूजा सुरु भएको हो ।

छाब्दी वाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले पूजापाठ खु्ल्ला भएसँगै बिहानैबाट भक्तजनको आगमन सुरु भएको जानकारी दिए ।