


दमौली, १ भदौ । जेसीआई व्यास नगरको आतिथ्यतामा भदौ १४ र १५ गते हुने नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनका लागि २१ उपसमिति गठन गरी जिम्मेवारी बॉडफॉट गरिएको छ ।
सम्मेलन सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडी बढाइएको छ ।
सम्मेलनका लागि अनुगमन एवं सुझाव व्यवस्थापन, अतिथि सत्कार, स्मारिका प्रकाशन, खाना व्यवस्थापन, बास व्यवस्थापन, शान्ति पदयात्रा व्यवस्थापन लगायतका उपसमिति गठन गरिएको छ ।
सम्मेलनका निर्देशक सुरेश पुरीले सम्मेलनले समग्र तनहुँको पर्यटन प्रबर्धनका लागि सहयोग पुर्याउने बताए ।
