


काठमाडौ, १ भदौ । सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका विदेशसचिवले अध्यक्ष निवास बूढानीलकण्ठमा भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको हितका बारेमा छलफल भएको बताइएको छ ।
त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि विदेश सचिव मिश्रीले भेट गरेका छन् ।
खुमलटारस्थित निवासमा भएको भेटमा उनीरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गरेका छन् ।