दुर्गमका कर्मचारीलाई सुगममा पठाउनेगरी काम भइरहेको छ : मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्गमका कर्मचारीलाई सुगममा पठाउनेगरी काम भइरहेको छ : मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८२, सोमबार

    काठमाडौं, २ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउनेगरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् ।

    मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन् ।

    लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरूको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने उनले बताइन् । ‘सरुवामा खासगरी कोही सधैँ दुर्गममा मात्रै बसिरहने र सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने स्थिति पनि छ,’ मन्त्री न्यौपानेले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत धेरै ठाउँमा निमित्तले चलाइरहनुभएको अवस्था पनि छ । मेरो सबैभन्दा बढी चासो त्यहीँ हो ।’

    प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहनुभएको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।