


दमौली, ३ भदौ । व्यास नगरपालिका-५ सागे स्थित सिन्धु आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको छ।
लेखाजोखा संयोजक ईश्वर बास्तोलाले सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक हस्तान्तरण गरेका छन। बास्तोला विसं २०८१ जेठ १५ देखि लेखाजोखा संयोजकको जिम्मेवारीमा छन् ।
उक्त विद्यालय विसं २०५१ सालमा स्थापना भएको हो । बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई विसं २०५७ सालदेखि आवासीय कक्षा सञ्चालन भइरहेको छ ।
विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्रीको अभाव हुन नदिन छात्रवृत्ति तथा अन्य स्रोतलाई सदुपयोग गरि रचनात्मक कार्यप्रति स्रोत कक्षा अगाडि बढेको बताए।
स्रोत कक्षामा कार्यरत स्रोत शिक्षक सीतादेवी कुवर स्वयं अपाङ्गता भएकी व्यक्ति हुन् । उनी विसं २०५७ सालदेखि हालसम्म स्रोत शिक्षक रुपमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई निरन्तर शिक्षा प्रदान गरि अभिभावकत्वको प्रदान गरेको बताइन् ।