उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेमा छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेमा छलफल

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८२, मंगलवार

    काठमाडौ, ३ भदौ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ। एक नेताले दिएको जानकारीअनुसार बैठक उपसभामुखलाई हटाउने विषयमाकेन्द्रित छ।

    साथै कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन भनेको छ। ‘संसदीय दल बैठक बोलाइएको होइन, तर सांसदहरूलाई आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संसदीय दलमा आउनू भनिएको छ,’ एक सांसदले भनिन्, ‘हस्ताक्षर गर्नका लागि हुन सक्छ, उपसभामुखलाई हटाउने विषय हो भन्ने बुझिएको छ।’