आँबुखैरेनी श्रीकृष्ण जात्रामा सहभागी चुड्का टिमलाई २०/२० हजार प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी श्रीकृष्ण जात्रामा सहभागी चुड्का टिमलाई २०/२० हजार प्रदान

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८२, मंगलवार

    दमौली, ३ भदौ । आँबुखैरेनी संस्कृति संरक्षण मञ्चले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको श्रीकृष्ण जात्रामा सहभागी चुड्का टिमलाई २०/२० हजार नगद प्रदान गरिएको छ ।

    कार्यक्रममा सहभागी भएका ८ वटा टिमलाई २०/२० हजार नगद प्रदान गरिएको मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा सहभागीलाई खाना र खाजाको व्यवस्था समेत आयोजकले मिलाएको थियो ।

    कार्यक्रम रातभर सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा तनहुँबाट मात्रै नभइ छिमेकी जिल्लाबाट समेत सर्वसाधारण आएका थिए ।

    यस्तै कार्यक्रममा सहभागी झॉकी समूहले प्रति समूह रु पॉच हजारका दरले नगद प्रदान गरिनेछ । तीज पश्चात् आयोजना हुने कार्यक्रममा झॉकी र र्यालीमा सहभागी हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।