ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत भन्छन् – सामान्य विवाद हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत भन्छन् – सामान्य विवाद हो

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८२, मंगलवार

    दमौली, ३ भदौ । ऑबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धि बस्नेतले सामाजिक सञ्जालमा आएजस्तो केही नभई अध्यक्षसँग सामान्य विवाद मात्रै भएको बताएका छन् ।

    बस्नेतले अध्यक्ष शुक्र चुमानसँग योजनाका सम्बन्धमा विवाद भएको तर त्यो सामान्य रहेको बताएका छन् । उनले भने, ‘खासै ठूलो कुरा होइन, कुटपिट भएको पनि हैन ।’

    चुमानसँग विवाद भएपछि बस्नेत काठमाडौ पुगेका छन् । यता अध्यक्ष चुमानसँग सम्पर्क गर्दा उनको फोन उठेन ।