


दमाैली, ३ भदाै । तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा अरिङ्गालले टोकेर आज एक जना घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका–१२ सुपयोडाँडा बस्ने ४० वर्षीय दिलबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चापाघाटबाट काम गरी फर्कने क्रममा अचानक १०÷१५ अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेर भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । घाइतेको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र निजको अवस्था खतरामुक्त रहेको उनले बताए ।