


दमौली, ४ भदौ । म्याग्दे गाउँपालिका-२ जामुनेस्थित न्यु भिजन युवा क्लवको आयोजनामा हुने तीज गीत प्रतियोगितामा चर्चित कलाकारको सहभागिता रहने भएको छ ।
भदौ १० र ११ गते हुने तेह्रौ खुल्ला तीज गीत एवं नृत्य प्रतियोगितामा गायिका सुष्मा मल्ल ठकुरी, गायक विष्णु बराल, गायिका नविना सुवेदी र गायिका सुभद्रा श्रेष्ठको प्रस्तुती रहने आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।