काठमाडौको सिडिओमा छवि रिजाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौको सिडिओमा छवि रिजाल

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८२, बुधबार

    काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छवि रिजाललाई खटाएको छ।  रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए। 

    काठमाडौंमा कार्यरत सिडिओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ। उनलाई सात महिनामै जिम्मेवारीबाट हटाइएको छ । तिवारीलाई गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा जिम्मेवारी तोकिएको छ ।  गृहको कर्मचारी प्रशासन महाशाखामा मन्त्रालयकै सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ।  

    गृहले ललितपुर लगायत अन्य जिल्लाका सिडिओको पनि सरुवा गरेको छ ।