समाजसेवी श्रेष्ठद्वारा फेसबुकबाट आम्दानी रकम विद्यालयमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समाजसेवी श्रेष्ठद्वारा फेसबुकबाट आम्दानी रकम विद्यालयमा सहयोग

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८२, बिहीबार

    दमौली, ५ भदौ । समाजसेवी मनोजकुमार श्रेष्ठले भानु नगरपालिका–५, बारीफाटस्थित नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा जेहेनदार विद्यार्थी र शैक्षिक सुधारका लागि आर्थिक सहयोग गरेका छन् ।

    भानु-२ नारेश्वरटार निवासी श्रेष्ठले फेसबुकबाट आम्दानी भएको रु पॉच हजार पॉच सय ५५ विद्यालयलाई सहयोग गरेका हुन् ।

    विद्यालय परिवारले श्रेष्ठको योगदानप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीलाई अझै उत्साहपूर्वक अध्ययनमा प्रेरित गर्ने विश्वास लिएको छ ।

    श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत कमाएको रकमलाई शिक्षा क्षेत्रमा खर्चिनु नै साँचो लगानी हुने विश्वास व्यक्त गर्दै निरन्तर यसप्रकारका सहयोगी कार्यमा संलग्न रहने प्रतिबद्धता जनाए।उनले भने, ‘फेसबुकबाट आम्दानी भएको रकम प्रत्येक महिना भानु क्षेत्रमा विपन्न र सहयोग आवश्यकता भएकालाई सहयोग गर्नेछु ।’