


दमाैली, ६ भदाै । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्लागण्डकी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा शिशिर पाैडेललाई सरुवा गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका उपसचिव पाैडेललाई शुक्लागण्डकीकाे प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिइएकाे हाे ।
यसअघि शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेकाे गैडाकाेट नगरपालिकामा सरुवा भएकाे थियाे ।