


दमौली, ६ भदौ । तनहुँको भानु नगरपालिका- २ पाउदुरे खोलामा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
तुरतुरेबाट डुम्रे तर्फ आउदै गरेको लु ३८ प ४२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको सिमेन्टको पर्खाल नाघी पुलबाट २० मिटर तल खस्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा पालुङटार नगरपालिका-४ बस्ने ५० वर्षीय अर्जुन अछामी र सल्यान दार्मा- ६ बस्ने २६ वर्षीया प्रतिभा देवकोटा छन् ।
घाइते दुवैलाई थप उपचारको लागि फेवासिटी अस्पताल पोखरा पठाइएको छ ।
तस्बिर : राजेश कार्की