


बागलुङ, ६ भदौ । बागलुङ गलकोट नगरपालिका-५ जोइकुटी भित्री सडक खण्डमा हरिचौरबाट हटिया तर्फ जादै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
गलकोट बहुमुखी क्याम्पसको विद्यार्थी सवार भ्यान सडकदेखि सात मिटर तल खस्दा सात घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागि नगर अस्पताल बागलुङ पठाइएको छ ।