सुशीला कार्कीलाई नरेन्द्र मोदीको बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुशीला कार्कीलाई नरेन्द्र मोदीको बधाई

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०८२, शनिबार

    काठमाडौ, २८ भदौ । नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा भारतले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत सुशीला कार्कीलाई शुभकामना दिँदै भारत नेपालको शान्ति, प्रगति र समृद्धिका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

    प्रधानमन्त्री मोदीले आफ्नो पोस्टमा लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।”

    भारतले शुक्रबार राति नै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गर्दै यसलाई नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।’

    यसले नेपालको राजनीतिक विकासक्रममा भारतको सकारात्मक र रचनात्मक भूमिका रहने संकेत गरेको छ । सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ अन्तरिम सरकारले देशलाई स्थायित्व र समृद्धिको मार्गमा लैजाने अपेक्षा गरिएको छ ।