


दमौली, २८ भदौ । जेनजीले गरेको आन्दोलनका क्रममा राजिनामा घोषणा गरेका शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले राजिनामा फिर्ता गरेका छन् । पण्डितले शनिबार फेसबुकमा सन्देश जारी घुमाउरो भाषामा राजिनामा फिर्ताको संकेत गरेका छन् ।
प्रदर्शनकारीले पण्डितको घर तथा सवारीमा तोडफोड गरेका थिए ।
उनले भनेका छन् –
जेनजी आन्दोलनका क्रममा राजिनामा घोषणा गरेका शुक्लागण्डकीका मेयर भन्छन् –
आदरणीय शुक्लागण्डकी नगरवासी आमा बुवा दाजभाई तथा दिदी बहिनीहरु र नयाँ व्यवस्थाको माग सहित आन्दोलित हुनुभएका सम्पूर्ण जेन–जी भाई बहिनीहरुमा हार्दिक नमस्कार, जय नेपाल ।।
सर्वप्रथमतः देशको तीव्र विकासको अपेक्षा सहित तपाईहरुले गर्नुभएको आन्दोलनमा शहदत प्राप्त भाई बहिनीहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । देश विकास हुनुपर्छ भन्ने चाहाना तपाईहरु जस्तै मेरो पनि छ । तपाईहरुले स्थानीय तहको प्रमुखको जिम्मेवारी दिदै गर्दा मैले यो नगरलाई छिट्टै कायापलट गर्ने सपना देखेको थिएँ, तीव्र चाहाना पनि थियो । विडम्वना राज्यको सिमिति स्रोत साधन, कानुनी झण्झट, राजनीतिक तथा ब्यक्तिगत स्वार्थ हुने समुहहरुको अवरोध लगायतका कारण तपाईहरुले चाहेझैँ नगरपालिकाको विकास गर्न नसकेकोमा क्षमा चाहान्छु ।
प्रिय भाई बहिनीहरु, म २०५६ सालदेखि यो ठाउँ बनाउन व्यवसायिक, सामाजिक र राजनीतिक रुपमा सक्रिय रहेको छु । बेलचौतारामा क्याम्पसको भौतिक पूर्वाधार विकास गर्न, पञ्चमुनीदेव माध्यमिक विद्यालयलाई यहाँसम्म ल्याई पुर्याउन,जीपी कोइराला स्थापना गर्न, बृद्धाश्रम निर्माण गर्न, दुलेगौँडा खानेपानी सुविधा विस्तार, निजि विद्यालय सुर्याेदय मावि सहितको गण्डकी मल्टिपल कजेल, रोयल सहकारी, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, खेलकुद लगायत विभिन्न क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै गर्दा तपाईहरुको तालि र गालि दुवैको अनुभव गरेको थिएँ । आर्थिक, सामाजिक र व्यवसायिक क्षेत्रबाट योगदान गरेको यहाँहरुले पनि पक्कै महशुष गर्नुभएको छ होला । व्यवसायिक पृष्ठभूमिमा अथक परिश्रम र मेहनत गरेरै मैले दुलेगौँडामा रहेको दुई वटा घर र गाडी जोडेको हुँ, । जनप्रतिनिधि भएपश्चात कुनै अनिमिततामा मेरो संलग्नता छैन÷हुनेछैन । यदी कुनै प्रमाण भए म सजायको भागिदार हुन तयार छु ।
नगर प्रमुख भएपछि जनताको सेवामा तल्लीन नै रहेको थिएँ, तपाईहरुको जनमत प्राप्त गरेपछि ग्रामिण क्षेत्रको विकास गर्न दुलेगौाडा–लामागाउँ मोटरमार्ग, शहिद लालध्वज मोटर मार्ग, दुलेगौँडा हर्कपुर मोटरमार्ग, दगामभूजिकोट जाने मनकौरी मोटरमार्ग, तीनखोले मोटर मार्ग, राईपुर जाने मोटर मार्ग, ढोरबाराही मन्दिर जाने मोटर मार्ग, लगायत अन्य भित्र सडकहरुको स्तरोन्नती भएका छन्, शिक्षा क्षेत्रमा प्रभावकारी काम भएको मैले ठान्दछु तपाईहरुले पनि बुझ्न सक्नुहुनेछ । जातीय सस्कार सस्कृति र भाषा जोगाउने कार्यमा शुक्लागण्डकी नेपालकै उत्कृष्ट पालिका भित्र परेको छ, कृषि क्षेत्रका विकास गर्न हामीले हरसम्भव प्रयास गरेकै छौँ, विउविजन र प्रविधि, अनुदान वास्तविक किसानसम्म पु¥याउने प्रयास नगरपालिका मार्फत भएकै छ, किसानको उत्पादनको संरक्षण गर्न कोल्ड स्टोर सञ्चालन र विक्रि वितरणको लागि बेलचौतारामा कृषि संलकन केन्द्र सुचारु गर्न हामी तयार थियौँ र छौँ । विपन्न नागरिकलाई सहयोग गर्न स्वयम मैले प्राप्त गर्ने सेवा सुविधा मार्फत कोष स्थापना गरि दुखमा मल्हम लगाउने प्रयास समेत गरँे ।
अक्सर मैले नेतृत्वदायी भूमिका निर्वाह गरेको संस्थाहरु हालसम्म सफल नै छन्, नेतृत्वमा हुदाँ प्राप्त हुन सक्ने अनावश्यक आर्थिक लोभ म मा थिएन र छैन पनि । नैतिक धरातलमा उभिएर जनताको सेवामा लागि पर्दा समेत केन्द्रदेखि प्रदेश, सभापतिदेखि कार्यकर्तासम्मले गरेका गल्तिहरुको आक्रोश स्थानीय सरकारको नेतृत्वमाथि पोखियो । जायज माग पुरा गर्न सुरु भएको आन्दोलनमा व्यक्तिगत तथा राजनीतिक प्रतिशोध साध्ने तत्वहरुको घुसपैठले यो बर्तमान अवस्था सिर्जना भएको म ठान्दछु ।
अन्त्यमा यस्ता घटनाहरुले उपलब्धीभन्दा नोक्सान र पछुतो बढी प्राप्त भएका छन्, अबको दिनमा यस्ता घटनाहरुबाट आन्दोलनरत पक्ष र सरकार सञ्चालक, राजनीतिक दलका नेताहरु सच्चिएर अगाडी बढ्नुको विकल्प छैन् । म तपाईहरुको सेवा र नगरको विकासमा कतै कुनै पनि किसिमले विचलित नभई लाग्ने छु भन्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छु । धन्यवाद
उही तपाईहरुको र नगरको भलो चाहाने
कृष्णराज पण्डित
नगर प्रमुख-शुक्लागण्डकी नगरपालिका, तनहुँ