


दमाैली, २८ भदाै । जेनजी पुस्ताले आव्हान गरेको प्रदर्शनमा ज्यान गुमाएकाहरुको स्मृतिमा तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसनचौतारामा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको हो ।
आन्दोलनमा ज्यान गुमाएका ५१ जनाको स्मृतिमा युवाहरुका तर्फबाट दीप प्रज्ज्वलन गरिएको सामाजिक अभियान्ता सुदीप गफ्फारले जानकारी दिए ।


