बन्दीपुर केवलकारको आईपीओ बाँडफाँड मिति तय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बन्दीपुर केवलकारको आईपीओ बाँडफाँड मिति तय

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८२, आईतवार

    काठमाडौं, २९ भदाै । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीकोआईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

    कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो ।

    उक्त आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०कित्ताका दरले सेयर हात पार्नेछन् । भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको छ ।