शुक्लागण्डकीमा चोरी गरिएका सामग्री फिर्ता गर्न अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा चोरी गरिएका सामग्री फिर्ता गर्न अनुरोध

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८२, आईतवार

    दमाैली, २९ भदाै । शुक्लागण्डकी नगरपालिकाले ‘जेनजी’ ले आव्हान गरेको आन्दोलनका क्रममा नगरपालिकाका सामग्री चोरी भएको भन्दै सामग्री फिर्ता गर्न अनुरोध गरेको छ । गत भदौ २४ गते नगरपालिका कार्यालय, वडा कार्यालय तथा निजी सम्पत्तिहरुमा तोडफोड, आगजनी एवं लुटपाट भएको भन्दै नगरपालिकाले त्यस्ता सामग्री फिर्ता गर्न अनुरोध गरेको हो ।

    विभिन्न ठाउँमा तोडफोड, आगजनी एवं लुटपाटका घटनाहरुको दृश्य सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा देखिएकाले लुटिएका सामग्रीहरु नगरपालिकाको कार्यालय वा इलाका प्रहरी कार्यालय बेलचौतारामा बुझाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।