


दमाैली, २९ भदाै । नेकपा माओवादी केन्द्र तनहुँका युवा नेता मनराज गुरुङले माओवादी आन्दाेलन र बिरासत जाेगाउन प्रचण्ड र प्रचण्ड पुस्ता बिदा हुनुपर्ने बताएका छन् ।
गुरुङले आजसम्मकाे उपलब्धिकाे जस पार्टी अध्यक्ष प्रचण्डलाई जाने बताउँदै अब भने माओवादी आन्दाेलन र बिरासत जाेगाउन प्रचण्ड र प्रचण्ड पुस्ताले ससम्मान बिदा लिनुपर्ने बताए ।
उनले भने, ‘अब झन दुर्गतिकाे आक्षेप लाग्ने दुस्साहस नगर्नुस । त्यसक लागि पार्टी पुनर्गठनकाे महाअभियान थाल्नुस । जेनजेड र जेनवाइलाइ स्थापित गर्ने विधिकाे विकास गर्नुस् । पार्टीको विधान अनुसार ७५३ वटै पालिकाको अधिवेशन भैसकेको छ । अब तीन महिनाभित्र महाधिवेशन गर्ने कार्ययोजना ल्याउनुस ।’
उनले भनेका छन् –
समकालिन राजनैतिक नेताहरु मध्ये परिस्थितीको आकलन गर्न सक्ने र गतिशिल नेता प्रचण्ड नै हुन । २४० बर्षे राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्ने सोच राखी ऐतिहासिक १० बर्षे जनयुद्व , ६२/६३ को जनअन्दोलन, जनमुक्ती सेनालाइ नेपाली सेनामा समायोजन, सम्झौता सहितको संबिधान निर्माण कम चुनौती पुर्ण थिएन । पार्टी, देश, राजनिती र परिवार भित्र आइपरेको सबैखाले आरोहाअबरोहलाइ सम्हालेर कुशल नेतृत्व भएको साबित प्रचण्डले गरिसकेका छन । पुर्व पश्चिम लोकमार्ग, उत्तरदक्षिण करिडोर, संबिधानको कार्यन्वयन, लोडसेडिङको अन्त्य, भ्रष्टचारको फाइल खोल्ने जस्ता ऐतिहासिक कार्य पनि उनकै नेतृत्वमा भयो । प्रचण्डको जतिसुकै आलोचना र कमिकम्जोरी भए पनि नेपाल र नेपालिको लागी ऐतिहासिक राजनैतिक परिवर्तनको पर्याय जिवन्त उनलाइ नै जानेछ ।तर अब ? प्रचण्डलाइ अब आवश्यक भन्दा धेरै देवत्वकरण गर्न आवश्यक छैन । मशालको महासचिव हुँदै माओवादी केन्द्रको अध्यक्ष सम्म आइपुग्दा झण्डै ४० बर्ष उनले पार्टिको नेतृत्व गरिसकेका छन । निरन्तर नेतृत्वमा हुन सक्नु उनको बिशेष क्षमताले नै होला । तर जसले उनको आलोचना गर्छ उनिहरु कुनै न कुनै बेला किनाराकृत भएको छ । बैद्यले प्रश्न उठाए परिस्थितीको आकलन गर्न नसक्ने, जडशुत्रीय भन्ने आरोप लगायो हामीले पनि त्यही भन्यौ । बाबुरामले प्रश्न उठाए उनलाइ पनि भारतिय दलाल भनियो हामीले पत्यायौं । अहिले जनार्दनले प्रश्न गरेको छ उनलाइ पनि बिदेशी इशारा र चलखेलबाट परिचालित हुन लाग्यो भनेर आरोप लगाइदैछ ।
मुलधारका राजनैतिक पार्टी र नेतृत्वको लापरवाहिले गर्दा जेनजेडको बिद्रोहबाट राजनैतिक उथलपुथल भएको छ अब फेरी सिआइए र रअ को खेल हो यसको प्रतिवाद गर्नु पर्यो भन्नु होला तर अब हामी पत्याउने वाला छैनौ र सहभागी पनि हुँदैनौ । जेनजेडको बिद्रोह केबल सत्ता बिरुद्वको बिद्रोह मात्रै होइन राजनैतिक पार्टी भित्र रहेको सुप्रीमो बाद, बा बाद, दाइबाद, भाउजुबाद, दिदि बाद र परिवार बाद बिरुद्व पनि हो । माओवादी आन्दोलन र बिरासत जोगाउने हो भने प्रचण्ड र प्रचण्ड पुस्ता ससम्मान बिदा हुनु पर्छ । आज जे जति उपलब्धी प्राप्त भएको छ यसको जस सबै तपाइहरुलाइ नै जान्छ । अब झन दुरगतीको आक्षेप लाग्ने दुस्साहस नगर्नुस । त्यसको लागी ? पार्टी पुनरगठनको महाअभियान थाल्नुस । जेनजेड र जेनवाइलाइ स्थापित गर्ने बिधिको बिकास गर्नुस । पार्टीको बिधान अनुसार ७५३ वटै पालिकाको अधिवेशन भैसकेको छ । अब ३ महिना भित्र महाधिवेशन गर्ने कार्ययोजना ल्याउनुस । कात्तिक भित्र प्रदेश अधिवेशन गरौं । मंसिर भित्र पार्टीको महाधिवेशन गरौं । जिल्ला, प्रदेश र केन्द्रीय समितीमा अवसर नपाएर रूमल्लिएका हजारौं क्षमतावान दोश्रो र तेस्रो पुस्ताका नेतालाइ अवसर दिनुस । आजको समयले माग गरेको, प्रतिस्पर्धा गर्न सक्ने र नतिजा पनि ल्याउन सक्ने पार्टीको निर्माणको लागी पिधको कार्यकर्ताको नाताले हामी लाग्छौं । अन्यथा ……….राम राम …… भन्ने दिन नआउला भन्न सकिदैन ।