रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८२, सोमबार

    काठमाडौ, ३० भदौ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।

    प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ।

    मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ। 

    उनले पिएसओ पनि नलिने भनेका छन्। 

    अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो। तर खनालले त्यो पनि नमानेको स्रोतले जानकारी दिएको छ। 

    तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए।