


दमौली, ३० भदौ । नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले गल्ती कमजोरीको आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् चुमानले भनेका छन्, ‘नेपालको यस परिस्थितिमा जेनजी पनि घटनाक्रमको समीक्षा गर्दै अगाडि बढ्नु पर्छ । देशका सबै राजनितिक पार्टीहरु पनि आफ्ना गल्ती कमजोरीको आत्मसमिक्षा गर्दै अगाडि बढ्नु पर्छ। यथास्थिति अस्वीकार्य छ,पश्चगमन गम्भीर रुपले अस्वीकार्य छ।’
चुमानले संविधानमा नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाजवाद उन्मुख गणतन्त्र भनिएपनि त्यसको मर्मबोध नगरिएको र त्यसलाई संसदीय गणतन्त्रमा सीमित गर्न अनेकौ छलकपट र षडयन्त्रहरु गरिएको उल्लेख गरेका छन् ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा डोर्याउन सक्दा नै अग्रगमन हुन्छ। इतिहास सधैं अगाडि नै बढ्छ।कहिलेकॉही इतिहास अवरुद्ध भएपनि झन ठूलो प्रतिरोध सहित अगाडि नै बढ्छ ।’