बन्दीपुर केबलकारको आइपिओ बाँडफाँट, परे नपरेको कसरी हेर्ने?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बन्दीपुर केबलकारको आइपिओ बाँडफाँट, परे नपरेको कसरी हेर्ने?

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८२, सोमबार

    काठमाडौ, ३० भदौ ।बन्दीपुर केबलकारको आइपिओ बाँडफाँट भएको छ। आवेदन दिएका सर्वसाधारणमध्ये ४ लाख ३४ हजार एक सय आठ जनाले सेयर पाएका छन्। सबै आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्।

    आइपिओमा २४ लाख २२ हजार १७७ जनाले आवेदन दिएका थिए। कुल दुई करोड ७६ लाख ३७ हजार सात सय २० कित्ताको सेयर माग गर्दै आवेदन परेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।  

    साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ। 

    हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड छ। केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बिबी (आइएस) रेटिङ दिएको छ।

    कम्पनीले समयमा वित्तीय दायित्वहरू पूरा गर्न सक्ने आधारमा हेरिएको जोखिम सूचकले मध्यम अवस्था रहेको जनाउँछ।