मृत भेटिएका ६ जना आफ्ना कर्मचारी नभएको भाटभटेनीको प्रष्टीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मृत भेटिएका ६ जना आफ्ना कर्मचारी नभएको भाटभटेनीको प्रष्टीकरण

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८२, सोमबार

    काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरपालिका-७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा मृत भेटिएका ६ जना त्यहाँका कर्मचारी नभएको पुष्टि भएको छ । 

    भाटभटेनी सुपर मार्केट एन्ड डिपोर्टमेन्टस स्टोरकी शाखा प्रबन्धक कमला दाहालले विज्ञप्ति प्रकाशन गरेर मृत व्यक्तिहरू आफ्ना कर्मचारी तथा कामदार नभएको बताएकी छन् ।

    भदौ २९ मा भाटभटेनीको बौद्ध शाखामा ६ जनाको शव पूर्णरुपमा जलेको अवस्थामा भेटिएको थियो ।