भर्याङमुनि कम्प्युटर राखेर प्रशासन कार्यालयको काम सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भर्याङमुनि कम्प्युटर राखेर प्रशासन कार्यालयको काम सुरु

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८२, सोमबार

    दमौली, ३० भदौ । जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि आंशिक सेवा सुरु गरेको छ । भर्याङमुनि कम्प्युटर राखेर कार्यालयले सेवा सुरु गरेको हो ।

    जसअनुसार जनजाति प्रमाणीकरणको सिफारिस सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । कार्यालयको पूर्ण रुपमा सेवा सुरु हुन समय लाग्ने भएको छ ।